चर्चामा

हिमालय उर्जाको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, असोज १४ । हिमालय उर्जा विकास कम्पनी लिमिटेडको अवितरित हकप्रद सेयरमा लिलामीलागि आवेदन दिन आज अन्तिम दिन रहेकोछ ।
 

कम्पनीले असोज ७ गतेदेखि १४ लाख ४६ हजार ३ सय ५९ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारण समूहको सेयर बिक्री गरेको हो ।

यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यसमा न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

आवेदन दिने अन्तिम म्याद आज असोज १४ गतेसम्म रहेको छ । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ । यसअघि कम्पनीले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याउन लागेको हो ।

कहाँँबाट दिने आवेदन ?

इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गका साथै नबिल बैंकका, विराटनगर, जनकपुर, भक्तपुर, पोखरा, कोहलपुर, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट बोलपत्र आवेदन फाराम बुझाउन सक्नेछन्।

सम्बन्धित समाचार