चर्चामा

एनएमबि बैंकको १.८० लाख कित्ता संस्थापक सेयर बिक्रीमा

 
काठमाडौं, असोज १४ । एनएमबि बैंक लिमिटेडले १ लाख ८० हजार २८८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले विद्यमान संस्थापक सेयरधनीका लागि मात्रै उक्त सेयर बिक्रीमा राखेको हो ।  

सेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र बबरमहलमा रहेको कम्पनीका सचिवको कार्यालयमा आवेदन दिनु पर्नेछ ।  

निर्धारित समयभित्र सेयर खरिदका लागि कुनै आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।  

सम्बन्धित समाचार