काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।
आज लोकल गोलभेँडा सानो प्रतिकिलो १५ रुपैयाँ, रातो मुला १७ रुपैयाँ ५० पैसा, मकै बोडी ६६ रुपैयाँ ६७ पैसा, भन्टा लाम्चो ३५ रुपैयाँ प्रतिकिलो मूल्य तोकिएको छ ।
त्यसैगरी लोकल गाजर किलोको ४६ रुपैयाँ ६७ पैसा, लोकल बन्दा ३५ रुपैयाँ, स्थानीय काउली २५ रुपैयाँ, रातो आलु ३६ रुपैयाँ ४० पैसा, सेतो आलु २७ रुपैयाँ प्रति किलो मूल्य तोकिएको छ ।