काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई कुल ६।३२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीले कुल ४ करोड २० लाख रुपैयाँ बराबरको लाभांश दिनेछ । गत वर्ष कम्पनीले सेयरधनीलाई २३ प्रतिशत बोनस सेयर दिएको थियो । अघिल्लो वर्ष पनि कम्पनीले २० प्रतिशत बोनस सेयर दिएको थियो । बिहीबार बजार बन्द हुँदा कम्पनीको मूल्य प्रतिकित्ता ५६२ रुपैयाँ ९० पैसा छ ।